Blogs on Buddhism
Here we share the blogs and papers of students studying Buddhism and other professionals. The contents and expressions are completely the idea of the writer. We do not claim ownership of the writing.
The papers are based on the syllabus of Buddhism studies of different levels.
Regular contributors will be listed here:
1. Kamal Silwal
2. Blabahadur Acharya
3. Buddhiman Thapa
धम्मपदः मानव मनोविज्ञानको दिग्दर्शक
धम्मपद, जसका
बारेमा जति लेखे पनि जति बोले पनि कमै हुन्छ । धम्मपदलाई मानव जीवनको पथप्रदर्शक
भने पनि अत्युक्ति हुदैन । आचार्य बुद्धरक्षित भन्नु हुन्छ, “धम्मपद
सामान्य मानिसका लागि परामर्शदाता हो, बौद्धक व्यक्तिका लागि सोच्न बाध्य
बनाउने ग्रन्थ हो भने साधकका लागि व्यवहारिक मार्गदर्शक हो । यस आलेखमा धम्मपदको
बहुआयामलाई नकेलाई यसको मनोवैज्ञानिक पाटो मात्र केलाउने प्रयास गरिनेछ । जसलाई
हामी आधुनिक मनोविज्ञान भनेर चिन्छौँ, ती समय सापेक्ष र देशकाल सापेक्ष
छन्, तर भगवान
बुद्धका वाचनहरु सर्वकालिक र सार्वभौव छन् । भगवान बुद्ध कै वचनहरुको संग्रहको
रुपमा रहेको धम्मपदमा मनको विश्लेषण कसरी गरिएको छ, धम्मपदका गाथाहरुले मनलाई कसरी
व्यक्त गरेका छन् भन्ने कुरा नै यस लेखको केन्द्र हो ।
मध्यम मार्गमा
मानवीय चिन्तनः बौद्ध धर्मको माध्यमिक दर्शन
मानिसको जीवन निरन्तर यात्राको अर्को नाम हो । एउटा यात्रा, जहाँ अनवरत रुपमा खोजी कार्य चलिरहन्छ । त्यसैले
जीवनलाई अनवरत खोजीको कथा हो भन्न पनि सकिन्छ । भौतिक सम्पन्नताको खोजीमा
निस्किएको मान्छे विस्तारै मानसिक सम्वृद्धिको खोजी तर्फ लाग्छ अनि खोज्न थाल्छ, सुख के हो, सत्य के हो, जीवनको अर्थ के हो ।जब मान्छे आफैँलाई खोज्न आरम्भ
गर्छ, तब ऊ दुई अतिवादका बिचमा अल्झिन पुग्छ । एउटा अति
जसले यथार्थ र दृश्य वस्तुलाई जोड दिन्छ अनि अर्को अति जसले अलौकिक सत्यको बाटोलाई
मात्र जोड दिन्छ ।
प्रतित्य समुत्पादको सिद्धान्धः बौद्ध दर्शनको मेरुदण्ड
बौद्ध दर्शन, इसापूर्व ६२३ मा नेपालको लुम्बिनीमा जन्मनु भएका महामानव गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपश्चात प्रदान गर्नु भएका देशना (उपदेश) हरुबाट आरम्भ भएको दर्शन हो । बौद्ध दर्शन वा बौद्ध धर्म जे भने पनि लगभग २६०० वर्ष अघिका बुद्धका उपदेश र शिक्षाहरु आजको परिवेशमा पनि उत्तिकै उपयुक्त र सान्दर्भिक भेटिन्छन् । अझ अहिलेको समयमा त बुद्धका शिक्षाहरुको महत्व र आवश्यकता बढ्दै गएको पाइन्छ । बौद्ध दर्शन कुनै समुदाय वा सम्प्रदाय विशेषको नभई यो त समस्त मानवजातिको लागि पथप्रदर्शक दर्शन हो भन्दा अत्युक्ति नहोला ।जातिवाद र विभिन्न धार्मिक सम्प्रदायहरुमा बाँडिएको अहिलेको विश्वमा मानवताको पाठ सिकाउने बौद्ध दर्शनलाई केवल धर्म का रुपमा बुझ्न खोज्नु भनेको दर्शनको गहिराइ नबुझ्नु नै हो ।
Buddha's View on Art
This covers the first unit of MAB First year; Art and Architecture of LBU.
जन्म बुद्धको कि बुद्धत्वको
भगवान बुद्ध भौतिक रुपमा कहाँ जन्मनु भयो भन्ने भौगोलिक र ऐतिहासिक तथ्य हामी सबैलाई थाहा नै छ । जन्म आफैँमा महान घटनाक्रम हुँदै हो ।एकैछिनको लागि भौतिक जन्मको सिमाभन्दा बाहिर रहेर हेर्ने हो भने भगवान बुद्धले हामी मानिसलाई के सिकाउन खोज्नु भएको रहेछ, आजको जटिलताले भरिएको संसारमा ती सिकाइहरुलाई कसरी आत्मसात् गर्न सकिने रहेछ र बुद्धका शिक्षाहरुबाट व्यक्ति, परिवार, समाज, राष्ट्र र विश्वलाई नै कसरी सभ्य, सुसंस्कृत र उन्नत बनाउन सकिने रहेछ भन्ने कुराको गहन चिन्तन र मनन् चाँही कति गर्यौँ हाला ?
बुद्ध दर्शनमा “दुःख” को दर्शनिक विश्लेषण
आजभन्दा
लगभग २६ सय वर्ष अघि इशापूर्व ५६३ मा संसारले एक यस्तो महामानव, जसलाई हामी भगवान बुद्ध भनेर चिन्छौँ, पायो जसले विश्वलाई यस्तो विज्ञान दिनुभयो जुन
आजसम्म पनि जस्ताको त्यस्तै हरेक जीवनमा लागु गर्न सहजै सकिन्छ ।राज्यले दिएका
तमाम सुख - सुविधा र तत्कालीन समयमा उपलब्ध सबै प्रकारका आराम र मनोरञ्जनका साधनलाई
त्यागेर समग्र प्राणीको मुक्तिको लागि २९ वर्षको उमेरमा राज्य त्याग गरी ६ वर्षको
ध्यान साधना पश्चात जुन ज्ञान र
विज्ञानको आलोक संसारलाई प्रदान गर्नु भयो त्यो आलोकको थोरै किरण मात्र बुझ्न र
त्यही अनुरुप बाँच्न सके जीवन सार्थक हुने थियो, समाज सुन्दर हुनेथियो ।
बुद्धको स्मृति ध्यानः चेतनाको प्रारम्भिक ज्ञान
शरीर यात्राको लामो अनुभव पछि बल्ल जीवन यात्रा आरम्भ गर्ने
अवसर मिल्यो । विश्वका अधिकांश मानिसको जस्तै मेरो दैनिकी पनि त्यही होड र त्यही दौडबाटै
आरम्भ हुन्थ्यो (अझै हुन्छ पनि) अनि त्यही थकित र जबरजस्ति हाँस्न खोज्दै दिनको बिस्राम हुन्थ्यो
। लुम्विनी बौद्ध विश्वविद्यालयको विद्यार्थी बने पछि गत हप्ता एउटा अवसर प्राप्त भयो, राजकीय थाइ विहार, लुम्बिनीले आयोजना गर्न लागेको सातदिने स्मृति
ध्यानमा सहभागी हुने ।आजको यो व्यस्त जीवनशैली, तनाव र मानसिक अशान्तिले गर्दा
हामीहरू शारीरिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि अस्वस्थ हुँदैछौँ। यस्तो अवस्थामा स्मृति ध्यान (Mindfulness) को अभ्यासले हामीलाई वर्तमान
क्षणमा जिउन सिकाउँने रहेछ र तनाव, चिन्ता, र नकारात्मक
विचारहरूबाट मुक्त गराउने रहेछ।
बुद्धको पञ्चशीलः सभ्य समाज निर्माणको आधार
मानिस आज चन्द्रमामा
बस्ति बसाल्ने सपना र योजना बुन्दैछ । यसैले पनि प्रमाणित गर्छ हामीले भौतिक
विकासमा कति धेरै फड्को मारिसकेका छौँ । फराकिला सडक, सुविधासम्पन्न यातायतका स्रोत, भव्य महलहरु, प्रस्तत सुविधाका सधन । आहा ! यी सबै हेर्दा मानिस
कत्ति खुसी र सुखी छ जस्तो लाग्छ नि । हो, भौतिक रुपमा हेर्ने हो
भने आज मानिससँग ती सबै सुविधाहरु उपलब्ध छन् जुन एउटा जीवनलाई खुसिका साथ
बाँच्नका लागि पर्याप्त हुन्छन्। तर गहिरिएर हेर्ने हो भने के मान्छे साँच्चै खुसी
छ त ? के सभ्यताको मापन भौतिक विकास र वैज्ञानिक
आविष्कारहरुले मात्र गर्ने हो त ? के प्राविधिक उन्नति र
साधनको थुप्रो मात्र हाम्रो खोज हो र ? यदि हो भने, किन आज वश्व नजानिदो पाराले युद्धको चपेटा परिरहेको छ
? किन मान्छे-मान्छे बिचमा अविश्वासको
खाल्डो फराकिलो हुँदैछ ? किन पारिवारिक, समाजिक कलहहरु बढ्दै गएको पाइन्छ ? किनभने भौतिक सम्पन्ता जीवनलाई सहज बनाउने माध्यम
मात्र हुन्, सभ्यताका परिचायक होइनन्, खुसीका स्रोत होइनन् । खुसी त चेतनाको कुरा हो, अनुभवको कुरा हो, भावनको कुरा हो ।खुसीको